गरिमा क्यापिटलको निःशुल्क मेरोशेयर र डिम्याट खाता सम्बन्धी “ सित्तैको’’ योजना
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी “सित्तैमा” डिम्याट र मेरोशेयर खाता खोल्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ । यस योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल आषाढ मसान्त सम्म “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने कम्पनीले जनाएको छ।
यो सुविधा कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्ने कम्पनीले जनाएको छ ।