नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय र बीमकबीच छलफल

१० फाल्गुन २०८०, बिहीबार १९:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्वारा धनुषा जिल्लाको जनकपुर क्षेत्र लगायत आसपासका जीवन, निर्जीवन तथा लघु बीमकका शाखारउपशाखा प्रमुखहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ।

नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले धनुषा जिल्लाको जनकपुर क्षेत्र लगायत आसपासका जीवन, निर्जीवन तथा लघु बीमकका शाखारउपशाखा प्रमुखहरुसंग छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

छलफलका क्रममा मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माज्यूले बीमकको शाखा तथा उपशाखामा रहेका समस्याहरुका बारेमा जानकारी लिए र उक्त समस्याहरुको समाधान गर्न मार्गदर्शन प्रदान गर्नुको साथै बीमक सहर केन्द्रित मात्र नभई प्रत्येक गाउँ(गाउँमा गई बीमाको साक्षरता अभिवृद्धि गरि दायरा विस्तारको क्षेत्रमा काम गर्न र प्राधिकरणको नीति, नियम र परिधि भित्र रहि स्वच्छ प्रतिस्पर्धा कायम गरी बीमितको अधिकतम हित संरक्षण हुने गरी काम गर्न निर्देशन दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*