सात महिनामा कुन जीवन बीमा कम्पनीले कति नयाँ व्यवसाय भित्र्याए ?
१० फाल्गुन २०८०, बिहीबार १८:५१
काठमाडौं । जीवन बीमा कम्पनीहरुले सात महिनाको अवधिमा प्रथम बीमाशुल्क मार्फत १६ अर्ब रुपैयाँ माथि आर्जन गर्न सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १६ अर्ब ११ करोड ६ लाख रुपैयाँ नयाँ बीमा व्यवसाय भित्रयाएका हुन् ।
प्रत्येक त्रैमासमा झै यस बर्ष पनि नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ६७ करोड रुपैयाँ नयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
दोस्रोमा नेशनल लाइफ रहेको छ ।कम्पनीले यस अवधिमा २ अर्ब ३५ करोड रुपैयाँ नयाँ बीमाव्यवसाय भित्रयाउन सफल भएको छ ।
तेस्रोमा हिमालयन लाइफ रहेको छ।कम्पनीले यस अवधिसम्ममा १ अर्ब २० करोड रुपैयाँ नयाँ व्यवसाय भित्रयाएको छ।