राष्ट्रघातमा पर्यटनमन्त्री सुदन किरातीको छलाङ्, डिजाइनरलाई भगाए सिंगापुर

१० फाल्गुन २०८०, बिहीबार १७:३५

काठमाडौं । विवादित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रघातमा छलाङ मार्ने देखिएको छ । नवलपरासीको रामग्राम क्षेत्र निजी कम्पनीलाई ९९ वर्षका लागि सुम्पिने प्रपन्चदेखि उनी त्रिभुवन विमानस्थल र पोखरा विमानस्थललाई विदेशी कम्पनीको जिम्मा लगाउनेसम्मका राष्ट्रघातको भगीरथ प्रयत्न गरिरहेका हुन् ।

आमसञ्चारमाध्यम र संसदीय समितिको खबरदारीपछि रामग्रामबाट किराती हाललाई पछि हटेपनि बाँकी चार वटा राष्ट्रघातमा न्वारनदेखिको बल निकालेर लागिपरेका छन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन वटा अन्तर्राष्ट्रिय विमानस्थललाई सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडलबाट सञ्चालन गर्ने नाममा भारतीय कम्पनीलाई सुम्पिन खोजेका छन् ।

मन्त्री किरातीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरा क्षेत्री अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी मोडलमा सञ्चालन गर्ने निर्णय गरिसकेका छन् भने त्यसको तयारीका लागि नागरिक उडड्यन प्राधिकरणका कर्मचारीलाई निर्देशन दिइसकेका छन् ।

उनका मुख्य सहयोगी प्राधिकरणका महानिर्देशक उनकै योजना अनुसार अहिले सिंगापुरमा लुकेर बसेका छन् । तीनवटै विमानस्थल विदेशी कम्पनीको जिम्मा लगाउन खोजेका मन्त्री र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरेको सवा २ अर्ब घोटाला प्रकरणको छलफल चले कै दिन सिंगापुर भागेका हुन् ।

उड्डयन क्षेत्रका महानिर्देशकस्तरीय कार्यक्रमका लागि सिंगापुर गएको भनिएपनि उनी पोखरा विमानस्थलको आर्थिक हिनामिना प्रकरण मथ्थर पार्न तथा तीनवटै विमानस्थल विदेशी कम्पनीलाई दिने सम्बन्धको थप गृहकार्यका लागि सिंगापुर पुगेको बताइएको छ ।

किरातीले विमानस्थलमै अर्को राष्ट्रघात गर्ने तयारी समेत गरेका बताइन्छ । भारतीय कमिसन पचाउन नेपाल एयरलाइन्सका चिनियाँ जहाज कौडीको भाउमा बचेका उनले भारतीय एयरमार्सलहरुलाई परेड खेल्ने गरीको अनुमति दिन लागेको समेत ब्ुझिएको छ ।

पशुपतिनाथमा वर्षमान पुन निकट मानिने अयोग्य व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गरेर तथा विवादित धार्मिक अभिव्यक्ति दिएर क्याविनेट सदस्य हुने नैतिक धरातल गुमाइसकेका किरातीले नेपाल एयरलाइन्सका लागि नयाँ जहाज खरिदमा समेत राष्ट्रघात गर्न लागेको तथ्य चुहिएको छ । उनी भारतीय विचौलिया कै सल्लाहमा नयाँ जहाज खरिद अघि बढाउन लागेको यसमामिलाका एक जना जानकारले बीमापोष्टलाई बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*