१६ बुँदे माग राख्दै १५ किसान संगठनले गरे सयुक्त रुपमा आन्दोलनको घोषणा

१० फाल्गुन २०८०, बिहीबार १७:०६

काठमाडौँ । १५ वटा किसानहरु संगठनहरुले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् । किसानहरुले दुध र दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न सरकारले चासो नदिएको भन्दै नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन, केन्द्रिय दुग्ध सहकारी संघ, नेपाल दुग्ध व्यवसायी संघ लगायत १५ वटा किसान संगठनहरुले आन्दोलन गर्ने लागेका हुन् ।

संगठनहरुले १६ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । दूधको भुक्तानी गर्न बाँकी बक्यौता रकम प्रदान गर्ने, किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने ब्यवस्था र भारतबाट दुध र दुधजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानविन र अनुगमन गरी आयात बन्द गर्न माग गरेका छन् ।

दुधको खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्नुपर्ने उनीहरुको माग छ । आन्दोलनका कार्यक्रम अन्तर्गत शीर्ष नेताहरुसमक्ष मागपत्र प्रस्तुत गर्ने, जिल्ला प्रशासन कार्यालयमा नाराजुलुशसहित धर्ना दिने, राजमार्गमा चक्काजाम गर्ने र काठमाडौँको माइतीघर मण्डलामा धर्ना र विरोध प्रदर्शन गर्न जनाएका छन् । माग पुरा नभएसम्म निरन्तर प्रर्दशन गर्ने संगठनहरुले सरकारलाई चेतावनी दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*