नेप्से दोहोरो अंकले घट्दा अधिकांश हाइड्रोका लगानीकर्तालाई झट्का, यी कम्पनीले गुमाए सर्वाधिक

१० फाल्गुन २०८०, बिहीबार १५:३९

काठमाडौं । शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घट्दा साताको अन्तिम कारोबार दिन बिहीबार अधिकांश हाइड्रो पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक नोक्सानी व्यहोरेका छन् ।

साताको अन्तिम कारोबार दिन सबै भन्दा धेरै हिमालय उर्जा विकास कम्पनीका शेयर लगानीकर्ताले गुमाएका छन् । जसको अन्तिम शेयर मूल्य प्रतिकित्ता ३१० रुपैयाँमा झरेको छ ।

दोस्रोमा बाराही हाइड्रोपावरको शेयरमा ६.६७ प्रतिशतको गिरावट आएको छ । यस्तै, पिपल्स हाइड्रोपावरका लगानीकर्ताले पनि नोक्सानी व्यहोरेका छन् ।

अप्पर साङ्गे हाइड्रोपावर, रसुवा इनर्जी डेभ्लपमेन्ट, सितगंगा हाइड्रोपावर, विपीडब्ल्यू लघुवित्त, सिंगटी हाइड्रो इनर्जी, डोल्टी पावर कम्पनी र मनकामना इन्जिनियररिङ हाइड्रोपावर समेत सर्वाधिक गुमाउनेको अग्रपंक्तिमा परेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*