दोल्ती पावर १ करोड रुपैयाँ नोक्सानमा, कस्ता छन् अन्य सूचक ?

१० फाल्गुन २०८०, बिहीबार १०:४५

काठमाडौँ । दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार मुनाफा नोक्सानमा रहेको छ । पुष मसान्तसम्ममा कम्पनी ९८ लाख ७२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २ करोड २३ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ४.९३ प्रतिशतले बढेर ५ करोड ८३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ५ करोड ५६ लाख ६ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँ छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ३ पैसा छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*