नेप्सेमा घलेम्दी हाइड्रोको १.१० करोड कित्ता हकप्रद शेयर सूचीकृत
१० फाल्गुन २०८०, बिहीबार १२:२४
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा घलेम्दी हाइड्रो लिमिटडको हकप्रद शेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा कम्पनीको एक करोड १० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
हाइड्रोले केही समयअघि आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । नेप्सेमा आजको दिन सोही हकप्रद शेयर सूचीकृत भएको हो ।