आन्तरिक राजस्व विभागले मर्जरमा कायम रहेका शेयरधनीको विवरण किन माग्यो ?
काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले मर्जर तथा प्राप्तिमा गएका मध्ये गाभ्ने संस्थामा कायम रहेका शेयरधनीको विवरण माग गरेको छ । अर्थमन्त्रालयको आन्तरिक राजस्व विभाग मातहतको मध्यमस्तरीय करदाता कार्यालयले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई पत्र पठाएको स्रोतले जनाएको छ ।
कर कार्यालयले २०७६र०७७ वा सो भन्दा अघिका मितिमा गाभ्ने गाभिने संस्था र गाभ्ने संस्थाको सूची एउटा ढांचामा उपलब्ध गराउन नेप्सेलाई पत्र लेखेको छ। २०७६र०७७ वा सो भन्दा अघिका मितिमा विभिन्न निकायहरु एक आपसमा गाभिएको मितिमा कायम रहेका शेयरधनीहरु मध्ये गाभ्ने निकायमा कायम रहेका शेयरधनीहरुको जानकारी उपलब्ध गराउनलाई नेप्सेलाई फागुन ४ गते पत्राचार गरेको हो।
आर्थिक वर्षको २०७५र७६ को बजेटमा गाभिई निःसर्ग भएको निकायमा कायम रहेका शेयरधनीहरूले आफ्नो शेयर गाभिएको दुई वर्षभित्र बिक्री गर्दा भएको लाभमा पुँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको थियो। त्यसैगरी सरकारले मर्जर तथा एक्वीजिसनमा गएका कम्पनीले गाभिएको मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको सेयरधनीलाई वितरण गरेको लाभाशंमा कर नलाग्ने व्यवस्था समेत गरेको छ ।