गभर्नर अधिकारीको राजीनामा माग गर्दै लघुवित्त पिडित पुगे बालुवाटार
९ फाल्गुन २०८०, बुधबार १५:३९
काठमाडौँ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै लघुवित्त पीडितहरु बालुवाटारमा प्रदर्शन गरेका छन् ।
देशभरबाट सात दिनसम्म हिँडेर काठमाडौँ आएका लघुवित्त पीडितहरुले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन् । पीडितहरु गौशालाबाट कालोपुल हुँदै वालुटारसम्म पुगेका थिए । उनीहरुले पीडितहरुले हाम्रो माग पूरा गर, गभर्नर महाप्रसाद अधिकारी राजीनामा दे, लघुवित्त ऋण मिनाहा गर, धितो लिलाम फुकुवा गर,वित्तीय संस्था खारेज गर, वित्तीय आतंक बन्द गर जस्ता नारा लगाएका थिए ।
उनीहरुले लघुवित्त तथा वित्तीय शोषण बिरुद्धको संघर्ष समिति नेपालको ब्यानरमा प्रदर्शन गरेका हुन् ।