चार कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

९ फाल्गुन २०८०, बुधबार १५:१४

काठमाडौँ । साताको चौथो दिन सेयर बजार घटेको छ । बजार ओरालो लागेपनि ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.८३ अकंले घटेर २०२५.२२ बिन्दुमा बन्द भएको छ । आज २ अर्ब २४ करोड १९ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार बोटलर्स नेपाल (बालाजु), हिमालयन उर्जा विकास कम्पनी, समाज लघुवित्त, बोटर्लस नेपाल (तराई)को सेयरमा सकारात्मक सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*