नेपाल एसबिआई बैंकद्वारा वृक्षरोपण
९ फाल्गुन २०८०, बुधबार ०८:२६
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ ।
भारतीय स्टेट बैंकका प्रबन्ध संचालक आलोक कुमार चौधरीको नेपाल भ्रमणका क्रममा वृक्षरोपण गरिएको हो । चौधरीले पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडामा वृक्षरोपण शुभारम्भ गरेका थिए ।
उक्त वृक्षरोपण कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्याललगायत बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।