कञ्चनपुरमा बालबालिकालाई खोप लगाइने
काठमाडौं । कञ्चनपुरमा फागुन १३ गतेदेखि २१ गतेसम्म दादुरा रुबेलाविरुद्ध खोप अभियान संचालन गरिने भएको छ । सरकारको राष्ट्रिय खोप कार्यक्रम अनुसार स्वास्थ्य कार्यालय कञ्चनपुरले उक्त समयमा खोप अभियान संचालन गर्न लागेको हो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीले दादुरा रुवेदाविरुद्धको खोप अभियान कार्यक्रम निर्देशिका अनुसार तयारी थालिएको जानकारी दिएका छन् ।
अधिकृत जोशीले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत २४ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिका र त्यसबाहेक ५१ जिल्लामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई लक्षित गरी दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुने जानकारी दिए ।
स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा नियमित खोप लगाउन छुटेकासहित एक लाख ३८ हजार बालबालिकालार्य दादुरा रुबेलाविरुद्धको खोप लगाइनेछ ।