दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?
८ फाल्गुन २०८०, मंगलवार १५:०४
काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत ९० कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयर १० प्रतिशतले बढेर कारोबार भएको छ ।
त्यसैगरी आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३, पिपुल्स हाइड्रोपावर, हिमालयन रि, दोर्दी खोला जल विद्युत, इन्ग्वा हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा, ८.५% बीओके डिबेन्चर २०८६ र चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।