बजारमा ओरालो यात्राले पायो निरन्तरता, परिसूचकसँगै कारोबार समेत खुम्चियो, लगानीकर्ताको मनोबल कमजोर हो ?
काठमाडौँ । लगातार तेस्रो दिन समेत बजार राताम्य भएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् । बजार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि बजारले ओरालो यात्रा तय गरेको हो । आज बजार झिनो अकंले घटेको हो ।
मौद्रिक समीक्षामा लगानीकर्ताको अपेक्षा धेरै रहेको र उक्त आशा पूरा हुन सक्दा तत्कालका लागि बजारले नकारात्मक प्रतिक्रिया जनाएको अनुमान गरिएको छ । यस्तै, अल्पकालीन कारोबारीले नाफा बुक गरेका र उनीहरु पुनः आक्रामकरुपमा बजार प्रवेश गरिनसक्दा पनि बजार केही प्रभावित भएको देखिन्छ ।
बजार घट्नुको मुख्य कारण नै लगानीकर्ताको मनोबल कमजोर हुनु हो । ब्याजदर घट्दो क्रममा रहेको भएपनि बजारले गति लिन सकेको छैन । लागनीकर्ताले सकारात्मक मनोबल बनाउन नक्सदा बजार खुम्चि रहेको छ । पछिल्लो समय परिसूचकसँगै कारोबार समेत ओरालो लागि रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.७६ अकंले घटेर २०३३.०६ बिन्दुमा बन्द भएको छ । मंगलबार ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार रुपैयाँको कारोबार भएको छ ।
आज आठ उपसूचक ओरालो लागेको छ । मंगलबार वाणिज्य बैंकको ०.४२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१८ प्रतिशत, हाइड्रोपावर समूहको ०.३१ प्रतिशतले सेयर मूल्य घटेको हो ।