नेपालको डिजीटल प्रविधि असुरक्षितः सार्वजनिक स्थानमा जडिट निशुल्क वाइफाईमा खतरा, डाटाको प्रयोग गर्न विज्ञको सुझाव
काठमाडौं । महिला आर्थिक पत्रकार संघको आयोजनामा बैकिङ्ग क्षेत्रको अवस्था, चुनौंती र आगामी कार्यदिशा विषयक एकदिने कार्यक्रम सम्पन्न भएको छ ।
उक्त नीतिगत वहस कार्यक्रम बैकिङ्ग प्रणालीमा साइवर सुरक्षाका मोडरेटर आर्थिक पत्रकार सरस्वती ढकाल बैकिङ्ग क्षेत्रको अवस्था, चुनौंती र आगामी कार्यदिशा विषयक वहसका पेनालिष्टहरु नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट र साइवर विज्ञ बिजय लिम्वुले साइवर सुरक्षा प्रति आफै सचेत हुनुपर्ने बताए ।
उक्त वहस नीतिगत कार्यक्रममा राष्ट्रिय बैंकिङ्ग क्षेत्र डिजीटलाईजमा अलि अगाडि रहेको बताए ।
साइबर प्रणालीमा नेपालको सन्दर्भमा पाँच यता तथ्याङ्क हेर्दा स्कामहरु अत्यधिक बढेको बताए । यही आर्थिक वर्षको सात महिनामा साइवर व्यूरोमा १३,२३० वटा साइवर अपराधका केश दर्ता भएको र त्यसमा ४० प्रतिशत आर्थिक अपराधसँग सम्बन्धित रहेको बताए । साइवरको प्रयोग हाल देशभरमा २,४०,४८,९४१ मा रहेकोमा सबैले मोवाइल बैंकिङ्ग प्रयोग गरिएको बताए ।
राष्ट्र बैक अनुसार २,१६,९१,४७४ रहेकोमा मनो वैज्ञानिक रुपमा सवस्क्राइवर संख्या अत्याधिक बढे्को छ । पहिले अपराधहरु नाइजेरियाबाट शुरु भएको थियो । अहिले नेपालबाटै हुन्छ । उपभोक्ताको तर्फबाट भयावह स्थिति छ । अन्य क्षेत्रको हकमा कमर्शियल बैंक सुरक्षित भन्न सकिन्छ । सुरक्षाको लागि लघुवित्तहरुले संघर्ष गरिरहेको छ ।
साइवर अपराध घट्नु पर्नेमा बढेको र नेपाल सरकार यसप्रति सतर्क रहनुपर्ने अवस्था आएको बताए । भुक्तानी प्रणाली सुरक्षित छ कि छैन ? आफै जाँच्नु पर्छ । पीएपी, पीएसओ, डिजीटल कारोवारको आकार बढेको छ । साइवर सुरक्षाको जिम्मेवारी अझ बढाउनु पर्छ ।
डिजीटल प्रणाली पारदर्शी बनाउने, कारोवारहरु पारदर्शी र सुरक्षित राख्ने, अडिट सिस्टम नियमित बनाउनु पर्ने, ६–६ महिनामा अवधीमा राष्ट्र बैकलाई जानकारी गराउनु पर्छ ।
क्यूआर कोड मार्फत सन् २०१९मा प्रयोग गर्दा १६ अर्ब कारोवार थियो । त्यसबाट बढेर ३९ अर्बको कारोवार गर्छ । राज्यको नियमन आवश्यकता छ डिजीटल कारोावार गर्दा सबैभन्दा सतर्क रहनु पर्छ । क्यूआरकोडले कतिको समस्या सिर्जना गरेको छ भन्ने जिज्ञासामा
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले सार्वजनिक स्थानमा जडिट निशुल्क वाइफाई जहिले पनि खतरा हुन्छ । इन्टरसेप्ट प्रयोग गरेर राखेको हुन्छ । साइवर सुरक्षा प्रति राष्ट्र बैंक गम्भीर छ । त्यसको निगरानी राष्ट्र बैंक, प्रहरी साइवर व्यूरो, सीआईबी सित निरन्तर समन्वय गरेर अगाडि बढ्छ ।
पहिलो वित्तिय कारोवार ढद्दा राखेर हातले गरिन्थ्यो अहिले सन् २००५ देखि प्रयोग गरिएको डिजीटल प्रविधि सुरक्षित छैन । साइवर प्रविधि सजिलो र सरल छ तर, असुरक्षित छ । बैंकको कोष ट्रीजरी लेयर कतिको बलियो छ । हाइजेनिक रुपमा सुरक्षित गर्न सम्भव छ । साइवर सुरक्षा सहित वित्तिय साक्षरता अगाडि बढाउन सके जोखिमलाई कम गर्न सकिन्छ ।
७५३ वटै पालिकाहरुमार्फत कम्तीमा पनि ५० प्रतिशत साइवर सुरक्षा विधिहरु स्थानीय तरहलाई सुनिस्चित गर्नसके साक्षरता दर बढ्न गई जोखिम कम हुने साइवर विज्ञ विजय लिम्वुले बताए । त्यसपछि स्थानीय तहले पनि डिजिटलाइजमा काम गर्नसक्छ । ११ हजार लघुवित्तहरु पनि डिजीटलाईज हुन संघर्ष गरिरहेको छ ।
सन् २००५ मा बंगलादेशको केन्द्रीय बैंक नै ह्याकिङ्गमा परेको थियो ।
मोवाईल साइवर सुरक्षा कतिको लुकाउने गरिन्छ ? कानुनी रुपमा कारवाही गर्नु हुन्छ कि हुँदैन ? भट्टले भने साइवर आक्रणमबाट सरकारी निकायको चाहीँ नाम प्रकाशित गरिन्छ । तर निजी क्षेत्रको विषय संवेदनशील हुनाले (सेसिन्टीभ) भएकोले निकाल्दैनौं । स्वास्थ्य क्षेत्रमा यसलाई प्रभावकारी कार्यन्वयनमा लान सकिन्छ ।
वालेट चलाउनु सट्टा ५० हजारसम्म निकाल्न मिल्छ । ठूलो रकमका लागि बैकिङ्ग एप चलाउँदा एक्सपोजर भई रिस्क बढ्न सक्छ ।
कुन कम्पनी साइवर एप सुरक्षित छ कि छैन । नेपाल राष्ट्र बैंकले मोवाईल सर्टिफाई गरेको छ छैन । सुरक्षित छ भनेर जान्नु, अडिट गरेको छ छैन हुेर्नु भने ।
मोवाइलमा हामी ढुक्क छ भन्ने अवस्थाको के भईरहेको छ ? भन्ने सवालमा राष्ट्र बैकका कार्यकारी निर्देशक गुनाखर भट्टले जोखिम कम रहेको बताएपनि सतर्क रहनु पर्ने र आफैले जोखिम कम गर्नुपर्ने उपायहरु खोज्नु पर्ने सुझाव दिए ।
डिजिटलको माध्यम प्रयोग गर्दा आफ्नो व्यक्तिगत गोप्य सूचनाहरु अरुलाई नदिने । बेलाबेलामा पासवर्डहरु परिवर्तन गर्ने सुझाव दिए ।
साइवर सुरक्षा सम्बन्धी स्कुलमा पढ्ने बालबच्चा, कलेज, विश्वविद्यालय अध्ययन गर्ने विद्यार्थीहरुलाई तालिम तथा सचेतनामूलक कार्यक्रमहरु लैजाने गरे साइवर सुरक्षामा जागरुकता आउने बताए ।