राधी विद्युत कम्पनीको आयोजनाबाट पुनः विद्युत उत्पादन शुरु

८ फाल्गुन २०८०, मंगलवार १२:२६

काठमाडौँ । राधी विद्युत कम्पनी लिमिटेडको आयोजनाले पुनः विद्युत उत्पादन थालेको छ । गत असारमा राधी खोलामा बाढी आएपछि कम्पनीको आयोजनामा क्षति भएर बन्द भएको उत्पादन पुनः सुरु भएको हो ।

आयोजना मर्मत गरि फागुन ६ गते दिउँसो ४ बजेबाट पुनः विद्युत उत्पादन थालिएको जनाएको छ । गत असार २२ गते राधी खोलामा आएको बाढी र पहिरोको कारण कम्पनीले प्रवर्द्धन गरेको ४.४ मेगावाटको राधी साना जलविद्युत आयोजनामा क्षति पुगेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*