बैंक तथा वित्तीय संस्थाले फरक क्षमता भएका व्यक्तिहरुका लागि विशेष काउन्टर मार्फत सेवा दिने

८ फाल्गुन २०८०, मंगलवार ११:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले फरक क्षमता भएका व्यक्तिहरुका लागि विशेष काउन्टर तिकी सेवा दिन भनेको छ ।

केन्द्रिक बैंकले एक सूचना जारि गर्दै ब्यवस्थामा भए बमोजिम बैंक तथा वित्तीय संस्थाहरुले ज्येष्ठ नागरिक र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ सुविधा उपलब्ध गराउन भनेको हो ।

स्थानीय तहमा पाँचभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एक शाखा र एटीएम लाउन्ज भएका स्थानमा एउटा एटीएम अपांगमैत्री बनाउनुपर्ने र अपांगता भएका व्यक्तिलाई एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयंले उक्त सेवा उपभोग गर्न सक्षम रहेको यकिन गरी उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*