वैवाहिक वर्षगाँठको अवसरमा श्रीमतीलाइ बीमा पोलिसी उपहार

७ फाल्गुन २०८०, सोमबार १५:२२

काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । क्रमश बिलासीका वस्तुसमेत उपहार दिइने चलन चल्दै हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

आफ्नो श्रीमतीको बचत तथा जीवनमा आइपर्ने जोखिम बहन गर्ने उद्देश्यले वैवाहिक वर्षगाँठको अवसरमा बर्दघाट ४ निबासी डोलराज खनालले जीवनसाथी सीता खनाललाई सिटिजन सुभारम्भ जीवन बीमा उपहार प्रदान गरेका हुन् ।

जीवनमा आर्थिक समस्याको समाधान गर्न र अनिवार्य बचत हुने भएकोले जीवन बीमा उपहार दिइएको खनालले वताए। उनले भने, ‘परम्परागत उपहार भन्दा पनि वर्षौंसम्म उपयोग र सम्झना होस् भनेर वैवाहिक वर्षगाँठको अवसरमा बीमा पोलिसी उपहार दिएको हुँ ।’ पछिल्लो समय विवाह व्रतवन्ध, पास्नी, वैवाहिक वर्षगाँठको अवसरमा दिइने उपहारको प्रकार परिवर्तन भएसँगै आफूले पनि सो उपहार दिएको उनले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*