आइपीओ निष्कासनका लागि खर्च जुटाउन लाग्यो पुवा खोला–वान हाइड्रोपावर
७ फाल्गुन २०८०, सोमबार १५:००
काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको लागि आवश्यक खर्च जुटाउन लागेको हो ।
कम्पनीले आइपीओ जारी गर्नका शेयर रजिष्ट्रार कम्पनीलाई बुझाउनुपर्ने रकमको जोहो संस्थापक शेयर विक्रीबाट गर्न लागेको हो । यस कम्पनीको संस्थापकहरूले चुक्ता गर्न बाँकी रहेको सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले विक्री गर्न लागिएको छ ।
उक्त शेयर विक्रीका लागि १५ दिनको अवधि तोकिएको छ । उक्त अवधिमा शेयर खरीद गर्न चाहने संस्थापक शेयरधनीले कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन पर्न नआएमा स्वतः शेयर लिन नचाहेको मानी नयाँ शेयर खरीकर्तालाई यी शेयर खरीदका लागि आह्वान गरिने जानकारी कम्पनीले दिएको छ ।