प्रतिकित्ता ३१५ रुपैयाँमा नै फर्स्ट माइक्रोफाइनान्सको सेयर किन्ने मौका
७ फाल्गुन २०८०, सोमबार १०:५५
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी प्रभु बैंकको स्वामित्वमा रहेको १ लाख २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।
सेयर खरिद गर्ने चाहने संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरि सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर वा प्रभु बैंक बबरमहलमा आवेदन दिन सक्नेछन् ।