सपोर्ट लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट केही संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले सुपरभाइजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक प्रशिक्षार्थी, तालिमे, करार तथा परीक्षणकाल पदमा केही संख्यामा कर्मचारी मागेको छ ।
यसमा कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर, इमेल, इन्टरनेटसम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ । अनुभव भएका तथालाई विशेष प्राथमिकता दिइनेछ ।
उमेरको हदमा भने १८ वर्ष पुरा भई ३५ ननाघेको हुनुपर्नेछ, महिलाका लागि भने अधिकतम उमेरमा ५ वर्ष थप हुने कम्पनीले बताएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले फागुन १८ गतेभित्र कार्यालय समयमा तोकिएको माध्यमबाट आवेदन दिनुपर्नेछ ।
धेरै राम्रो रहेको छ ।रोजगार यसरि नै रोजगार पाय त अर्को देश जानू पर्दैन