हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
६ फाल्गुन २०८०, आईतवार १५:०६
काठमाडौँ । सेयर बजारमा भागि गिरावट आएको छ । बजार दोहोरो अकंले ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२१ अकंले घटेर २०३४.८२ बिन्दुमा बन्द भएको छ । आज ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार हिमालयन रि इन्स्योरेन्सको ४० करोड ९० लाख रुपैयाँ, एनआइसी एशिया बैंकको १३ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ ।