अर्थतन्त्र समस्या मुक्त भइसकेको छैन, सरकारको सम्पूर्ण ध्यान उत्पादन र रोजगारीमा छः प्रधानमन्त्री प्रचण्ड

६ फाल्गुन २०८०, आईतवार १३:२०

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक भएपनि समस्या मुक्त भइनसकेको बताएका छन् । सांसद गगनकुमार थापाले सोधेको प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री प्रचण्डले अधिकांश सूचक सुधार तिर भएपनि समस्या मुक्त नभएको बताए ।

‘अर्थतन्त्र पूर्ण रुपमा चलयमान भइ सकेको छैन भन्ने सरकारको मुल्याङकन छ । एक वर्ष अघि सोधान्तर घाटा उच्च बिन्दुमा पुगेको थियो । विदेशी मुद्राको संचिति न्यून मूल्यमा झरेको थियो’ प्रधानमन्त्रीले भने, ‘गत साल बैंक क्षेत्रमा तरलताको अभाव रहेको ब्याजदर उद्योग ब्यवसायीले धान्न नसक्ने अवस्थामा पुगेको थियो । मूल्य वृद्धि पनि उच्च बिन्दुमा रहेको थियो । अब देश यस्ता समस्याबाट मुक्त भएको छ ।’

देश उत्पादन, रोजगारी र सरकारको खर्चबाट अर्थतन्त्रलाई पूर्ण रुपमा फर्किउन तर्फ चुनौति रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ रहेको छ । उनले भने, ‘अहिले सरकारको सम्पूर्ण ध्यान उत्पादन र रोजगारीमा छ । हरेक मन्त्रालयसँग विकास निर्माणलाई अगाडि बढाउन छलफलमा छौं । सबै राजनीति दलका नेता र निजि क्षेत्रसँग अर्थतन्त्र सुधारका लागि अर्थपूर्ण छलफल गरेको छु । जसले महत्वपूर्ण निर्णय समेत निकालेको छ ।’

अबका महिनामा अर्थतन्त्रको सुधारको तथ्याङ्क अकं मै सुनाउने प्रधानमन्त्री प्रचण्डले प्रत्तिवद्दता जनाए । गत वर्षको भन्दा बजेट कार्यन्वयनमा यस वर्ष केहि सुधार भएपनि पहिलो ६ महिनाको प्रगति अपेक्षा अनुरुप नभएको उनले बताए । आगामि दिनमा स्रोत बढाउन राजस्व कार्यालयमा थप सुधार गर्ने छौं ।

राजस्व छलि अवैध ब्यापार र कारोबार नियन्त्रण गर्ने अब विशेष योजना सहित सरकार कडा रुपमा प्रस्तुुत हुने प्रधानमन्त्रीले बताए । ‘सरकारको यो कदमबाट राजस्व प्राप्तमा थप योगदान भई सरकारको आर्थिक स्रोत बढ्ने कुरामा हामी आशावादी भएका छौं । अहिले क्रमशः राजस्व बढ्न थालेको छ । बैदेशिक लगानीबाट निर्माण आयोजनालाई द्रत गतिमा अघि बढाइने छ । थप वैदेशिक लगानी बढ्नेछ’ प्रधानमन्त्रीले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*