दोस्रो पटक नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्दै भट्ट
६ फाल्गुन २०८०, आईतवार ११:०७
काठमाडौँ । दोस्रो पटक नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक बन्ने चण्डिकाप्रसाद भट्टको पकड बलियो देखिएको छ । निगमले तीन जनाको नाम सिफारिस गरेको भएपनि भट्टको निर्देशक बन्ने पल्ला भारी देखिएको हो ।
निगमले कार्यकारी निर्देशकका लागि गोरखाका भट्ट, चितवनका डा.डोल प्रसाद चापागाई र ललितपुरका शत्रुघ्नप्रसाद पुडासैनीलाई सिफारिस गरेको हो ।
उक्त पदका लागि १३ जनाले आवेदन दिएका थिए । पदपूर्ति समितिले ब्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तवार्तापछि तीन जनाको नाम टुंगो लगाएको हो । अब बस्ने मन्त्रिमरिषदको बैठकले तीनजना उम्मेदवारमध्ये एकजनालाई आयल निगमको कार्यकारी निर्देशनमा नियुक्त गर्नेछ ।