सपोर्ट लघुवित्तको स्वतन्त्र संचालकमा कर्ण नियुक्त
६ फाल्गुन २०८०, आईतवार ११:०४
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा गोविन्द लाल कर्ण नियुक्त भएका छन् ।
कम्पनीको आज (फागुन ६ गते) बसेको संचालक समितिको २१७ औं बैठकले सर्लाही, लालबन्दी नगरपालिका, वडा नम्बर ३ स्थायी घर भई हाल विराटनगर महानगरपालिका–१२, मोरङ्ग निवासी कर्णलाई संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कर्णलाई आजैको मितिदेखि लागु हुनेगरी संचालकमा नियुक्त गरिएको कम्पनी सचिव विष्णु कान्त चौधरीले जानकारी दिएका छन् ।
Job