सेन्ट्रल फाइनान्सले लाभांश नदिने
६ फाल्गुन २०८०, आईतवार १०:०९
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले गत आवको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले सोही बमोजिम वित्तीय विवरण नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।