एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका दुई कम्पनीको शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

६ फाल्गुन २०८०, आईतवार ०९:५३

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट र सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयरमा आज (फागुन ६ गते) देखि गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री खुला गरेको छ ।

बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको संस्थापक समूहको ५० हजार कित्ता शेयर न्यूनतम मूल्य प्रतिकित्ता ७४० रुपैयाँमा बिक्रि खुला गरेको छ । यसमा लगानीकर्ताले न्यूनतम १० हजार कित्ता र अधिकतममा १०० ले भाग जाने गरी सम्पूर्ण कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, सूर्योदय वोमी लघुवित्तको संस्थापक समूहको ७५ हजार तीन सय पाँच कित्ता शेयर न्यूनतम मूल्य प्रतिकित्ता २४५ रुपैयाँमा बिक्री खुला गरेको छ । यसमा लगानीकर्ताले न्यूनतम पाँच हजार र अधिकतममा सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन पाउनेछन् ।

खरिदकर्ताले एनआईसी एशिया क्यापिटल, बैंकको कर्पाेरेट कार्यालय र विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा फागुन १४ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*