प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नवीकरणमा ६०% छुट

६ फाल्गुन २०८०, आईतवार ०८:४६

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ६० प्रतिशतसम्म छुट दिने भएको छ ।

कम्पनीबाट जारी गरिएका बीमालेखहरु मोहलत अवधि नाघि व्यतित भएको र पुनर्जागरणका लागि तोकिएको प्रक्रिया पुरा गरी फागुन १ देखि १५ गतेसम्म नवीकरण गर्दा कम्पनीले छुट दिने निर्णय गरेको हो ।

साथै, यस योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको दुई वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको विलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिनेछ ।

यसभन्दा पहिले विलम्ब छुट सुविधा प्राप्त गरिसकेको बीमालेखलाई यस योजनामा समावेश नगरिने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*