नबिल बैंकका ग्राहकलाई हेयर एण्ड शान्ति युनिसेक्स सलुनमा छुट

६ फाल्गुन २०८०, आईतवार ०६:३२

काठमाडौं । नबिल बैंक लिमिटेड र हेयर एण्ड शान्ति युनिसेक्स सलुनबीच छुट सम्झौता भएको छ । जसअनुसार बैंकका ग्राहकले सलुनमा सुविधा लिदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यसमा सम्झौतामा बैंकका रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र सलुनकी संचालक बिनीता बुढाथोकीले हस्ताक्षर गरेकी हुन् ।

नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने हेयर एण्ड शान्ति केश सज्जा र सौन्दर्यमा सेवा दिँदै आएको निजी क्षेत्रको अग्रणी कम्पनी हो ।

सम्झौताअनुसार नबिल बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिती कार्ड, एन बैंक वा बैंक ट्रान्सफर मार्फत भुक्तानी गर्दा छुट पाउनेछन् । यस्तो छुट हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टल, अनुहार तथा सौन्दर्य लगायत सम्पूर्ण सेवामा उपलब्ध हुने उल्लेख गरिएको छ ।

नबिल बैंक र हेयर एण्ड शान्तिबीच भएका यस समझदारीले बैंकका ग्राहकलाई सहुलियत मूल्यमै सौन्दर्यको सेवा लिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

नबिल बैंकले देशभर २६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*