क्षति भएका आयोजनाको समयमै दाबी भुक्तानी दिन बीमा कम्पनीहरुलाई अर्थमन्त्रीको आग्रह

४ फाल्गुन २०८०, शुक्रबार १७:५५

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशरण महतले उर्जा क्षेत्रको भविष्य सुनौलो रहेको बताएका छन् । शुक्रबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

‘उर्जामा भविष्य सुनौलो छ । भारतलगायत वाह्य लगानीकर्ताको आकर्षण समेत बढिरहेको छ । विभिन्न आयोजनाअघि बढिरहेका छन्’ अर्थमन्त्री डा. महतले भने, ‘उर्जा क्षेत्रअघि बढाउनको लागि सरकार निकै सक्रिय छ । उर्जा आर्थिक वृद्धिको मेरुदण्ड हो ।’

इप्पानका अध्यक्ष गणेश कार्कीले उर्जा क्षेत्रले समय मै दाबी नपाएको भनी गरेको गुनासोको उत्तर दिदै अर्थमन्त्री डा. महतले एक आयोजनामा समस्या आउँदैमा सबै क्षेत्रमा आउछ भन्ने नहुने बताए । उनले भने, ‘नेपाली समाज सकेसम्म दिन नपरोस् । तर, लिन पाइयोस भन्ने भावना बोकेर हिड्ने गर्छ । बीमा कम्पनीहरुलाई दिन नपरोस भन्ने भ्रम छ । लिनेसँगै दिने कुरा समेत सम्झिनु पर्दछ । बीमा दाबी नदिएको कुरालाई मैले कम्पनीलाई नै बोलाएर काम गर्न भनेको छुँ । अझै समस्या छ । राम्रो पोलिसी समेत चयन गर्नुपर्छ । कम्पनीहरुले समय मै दाबी भुक्तानी गर्नुपर्छ ।’

क्षति भएको आयोजनामा कर छुट दिन नसकेको अर्थमन्त्री महतले बताए । डा. महतले भने, ‘क्षति भएका आयोजनामा कर छुट दिनका लागि सरकार लागि परेको छ । आगामी बजेट मार्फत के कति गर्न सकिन्छ त्यसको सीमा तय हुनेछ । उर्जाका समस्या समाधानका लागि म सबैसँग सहकार्य र छलफल गर्छु ।’

मन्त्री डा. महतले,  ‘उर्जामा उत्साह बढेको छ, विदेशी राष्ट्र समेत सकारात्मक छन् । सयौँ लगानीकर्तालाई आकर्षण गरेको छ । उर्जामा भएका समस्या कम गर्न लागिरहेका छौँ । वन वातावरणमा समेत सम्बन्धित कार्यालयमा हामीले छलफल गरेका छौँ, भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*