वित्त कम्पनीका लगानीकर्ताले यो साता गुमाए सर्वाधिक, सबै कम्पनीको शेयरमूल्यमा गिरावट

४ फाल्गुन २०८०, शुक्रबार १६:४५

काठमाडौं । बिहीबार नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । बजारमा गिरावट आउँदा बुधबार उछाल आएको वित्त (फाइनान्स) कम्पनी बिहीबार धराशायी भएका हुन् । आज वित्त समूह सर्वाधिक २.७१ प्रतिशतले ओरालो लागेको हो ।

बिहीबार वित्त परिसूचक ५१.३४ अंकले घटेर १८३८.१६ को विन्दुमा कायम हुन पुगेको छ । कारोबारमा आएका १५ वटै सूचीकृत वित्त कम्पनीहरुको शेयरमूल्यमा रातो पोतिएको छ ।

बिहीबार प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य सर्वाधिक ५.५८ प्रतिशतले घटेको छ । समृद्धि फाइनान्स ४.२४, श्री इन्भेष्टमेन्टको ३.९० र गोर्खाज फाइनान्सको ३.६३ प्रतिशतले शेयरमूल्य घटेको छ ।

तीन वित्त कम्पनीहरुको शेयरमुल्य पाँच सय रुपैयाँमाथि रहेको छ । गोर्खाज फाइनान्सको ५८४, मञ्जुश्री फाइनान्सको ५१९.४० र आईसीएफसी फाइनान्सको ५०० रुपैयाँमा शेयर किनबेच भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*