अधिकांश लघुवित्तको मुनाफामा संकुचन, १२ कम्पनी ऋणात्मक, अन्यको अवस्था कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३२ लघुवित्तको नाफामा संकुचन देखिएको छ । कम्पनीहरुले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३२ कम्पनीको नाफा घटेको हो ।
यस अवधिमा १२ लघुवित्तको मुनाफा नोक्सानमा हुँदा ८ कम्पनीको मात्र सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५५ लघुवित्तमध्ये हालसम्म ५२ वटाले वित्तीय विवरण सार्वजनिक गरेकामा अधिकांशको स्थिति बिग्रिएको पाइएको छ ।
कर्जा असुलीमा समस्या हुँदा सबैजसो लघुवित्तको निष्क्रिय कर्जा अनुपात बढेको छ । कर्जा नउठ्दा प्रोभिजनिङमा बढी रकम छुट्याउन परेको छ । कर्जा लगानी समेत पछिल्लो समय संकुचित भएको छ ।
८ कम्पनीको नाफामा सुधार
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ८ कम्पनीको नाफामा मात्र सुधार देखिएको छ । कम्पनीहरुले सार्वजनिक गरेको रिपोर्ट अनुसार यस अवधिमा सर्वाधिक नाफा बढाउने कम्पनीमा गुराँस लघुवित्त रहेको छ । कम्पनीको मुनाफा ३०२८.७४ प्रतिशतले बढेर ७७ लाख २८ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, यस अवधिमा सर्वाधिक नाफा रहेको कम्पनीमा साना किसान विकास लघुवित्त रहेको छ । कम्पनीको नाफा ४४ करोढ २४ लाख ९९ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा उक्त नाफा १.७३ प्रतिशतले बढी हो ।
साथै, विजय लघुवित्तको ९३.०८ प्रतिशतले बढेर ४ करोड १० लाख, युनिक नेपालको ११८.८२ प्रतिशतले बढेर ३ करोड ३२ लाख, जनउत्थान लघुवित्तको ३५२.७० प्रतिशतले बढेर १ करोड १ लाख र सपोर्ट लघुवित्तको २४६.९३ प्रतिशतले बढेर ८६ करोड ४२ लाख रुपैयाँ रहेको छ । गत वर्ष घाटामा रहेका ग्रामिण लघुवित्त र लक्ष्मी लघुवित्तको नाफामा सुधार देखिएको छ ।
३२ कम्पनीको नाफामा गिरावट
चालु आर्थिक वर्षको पुष समान्तसम्मको अधिकांश कम्पनीको नाफा ओरालो लागेको छ । कम्पनीहरुले सार्वजनिक गरेको रिपोर्ट अनुसार ३२ कम्पनीको नाफा घटेको हो ।
यो अवधिमा सर्वाधिक नाफा घटाउने कम्पनीमा एनआइसी एशिया लघुवित्त रहेको छ । कम्पनीको नाफा ९९.२६ प्रतिशतले घटेर ११ लाख ६ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १४ करोड ९२ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, सबैको लघुवित्तको नाफा ९२.६५ प्रतिशतले घटेर ७ लाख ५८ हजार, स्वाभिमान लघुवित्तको ८०.७७ प्रतिशतले घटेर ५ लाख ६६ हजार, निर्धन लघुवित्तको ८४.८१ प्रतिशतले घटेर २ करोड ५५ लाख, नेरुडे लघुवित्तको ६२ प्रतिशतले घटेर २ करोड ४८ लाख, स्वालम्बलन लघुवित्तको ८२ प्रतिशतले घटेर ४ करोड १५ लाख रुपैयाँसहित अधिकांश कम्पनीको नाफा घटेको हो ।
laghubitta१२ कम्पनी ऋणात्मक
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिर्जनशिल लघुवित्त १४ करोड ६३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष भने कम्पनी १ करोड ६५ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।
यसअवधिमा १२ कम्पनीको नाफा ऋणात्मक रहेको छ । यस अवधिमा एनएमबि लघुवित्त ६ करोड ७५ लाख, अभियान लघुवित्त ६ करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।