हिमालयन एभरेष्ट इन्स्योरेन्सका डेपुटी सिइओ कमल गौतमले दिए राजिनामा

४ फाल्गुन २०८०, शुक्रबार १४:२५

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत कमल गौतमले पदबाट राजिनामा दिएका छन् । उनले गत बुधवार राजिनामा दिएका थिए।

गौतमले गत बुधवार नै राजिनामा दिएको भएपनी कम्पनीले भने उनको राजिनामा आज शुक्रबार मात्रै स्वीकृत गरेको छ । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिएपछि गौतम हिमालयन एभरेष्टको डेपुटी सिइओ बनेका थिए । यी दुवै कम्पनीले गत वर्ष २०७९ को साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो ।

यस अगाडि गौतम एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । एभरेष्ट इन्स्योरेन्सको सिइओको रुपमा गौतम हिमालयन एभरेष्टको डेपुटी सिइओ बनेका थिए।

फागुन २ गते बुधवार पदबाट राजिनमा दिई कम्पनीबाट गौतम बाहिरिएका हुन् । गौतमसँग बैंकिङ क्षेत्रमा तीन दशक लामो अनुभव छ । गौतमले नेपाल ग्रिन्डलैज बैंकबाट बैंकिङ्ग क्यारियर सुरु गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*