थप एक करोड कित्ता नेप्सेमा सूचीकृत, क-कस्को ?
४ फाल्गुन २०८०, शुक्रबार १४:१४
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता अर्थात माघ २८ गतेदेखि फागुन ३ गतेसम्म दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा सानिमा माई हाइड्रोपावर र चिलिमे हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
दुबैं कम्पनीको १ करोड ३ लाख ४७ हजार ४३१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सानिमा माईको १० प्रतिशत बोनस बापतको ३० लाख ८९ हजार २५१ कित्ता र चिलिमेको १० प्रतिशत बोनस बापतको ७५ लाख ५८ हजार १८० कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सूचीकृत भएको हो । अब उक्त सेयर सम्बन्धित सेयरधनीहरुको खातामा जम्मा भएपश्चात खरिद बिक्री गर्ने सकिनेछ ।