स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा
४ फाल्गुन २०८०, शुक्रबार ११:२८
काठमाडौँ । स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीआ निष्कासन प्रस्तावसहित साधारण सभा बोलाएको हो ।
सभा फागुन २७ गते प्रादेशिक कार्यालय दरबारमार्ग, काठमाडौँमा बिहान ११ बजे बस्नेछ ।
सभामा गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।