प्रभु इन्स्योरेन्सले दुई दिने अभिकर्ता तालिम संचालन गर्ने
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले दुई दिने कुषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम तथा परीक्षा संचालन गर्ने भएको छ ।
यसमा न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कृषि, पशु वा वनस्पति विज्ञानमा कम्तीमा एक वर्षको प्राविधिक तालिम प्राप्त गरी उत्तीर्ण भएका इच्छुक व्यक्ति सहभागी हुन सक्नेछन् ।
यसका लागि नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रतिलिपि (नोटरी सहित) एवम् पासपोर्ट साइजको फोटो ४ प्रति र संस्थाको हकमा सिफारिस पत्रसहित फागुन १७ गतेभित्र फाराम बुझाइसक्नु पर्नेछ ।
अभिकर्ता तालिमका लागि ७ सय रुपैयाँ शुल्क लाग्नेछ । तालिम फागुन २० गतेदेखि २२ गतेसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म संचालन गरिने कम्पनीले बताएको छ ।
साथै, बीमा अभिकर्ताको इजाजत पत्रका लागि तालिम सम्पन्न भएपश्चात् फागुन २२ गते मंगलबार बेलुका ५ बजेदेखि साढे ६ बजेसम्म भर्चुअल माध्यम (जुम) मार्फत परीक्षा संचालन गरिनेछ ।
सहभागी हुन इच्छुक व्यक्तिले प्रभु इन्स्योरेन्सको केन्द्रीय कार्यालय, तिनकुने, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।