बोटलर्स नेपालका दुवै कम्पनी नोक्सानमा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक
काठमाडौँ । बोटलर्स नेपालका दुवै कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेका छन् । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार नाफा ऋणात्मक रहेको छ ।
बोटलर्स नेपाल (तराई) ले ६ महिनामा ७ करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १५ करोड ३२ लाख नाफामा थियो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले ३ अर्ब ८६ करोड ८९ लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । अहिले घटेर ३ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको वित्तीय खर्च १४ करोड ५ लाख, चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ७१ करोड ८३ लाख रुपैयाँ जम्मा छ । यसको प्रतिसेयर आम्दानी १२३ रुपैयाँ ऋणात्मक र नेटवर्थ ३ हजार १७३ रुपैयाँ छ ।
बोटलर्स नेपाल (बालाजु) ले पनि १५ करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । । गत वर्ष यसले २९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको आम्दानी घटेर ४ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको वित्तीय खर्च १५ करोड ४९ लाख पुगेको हो ।
कम्पनीको चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ र जगेडा कोषमा ५ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ जम्मा छ । कम्पनीको प्रतिसेयर आम्दानी १४९ रुपैयाँ नोक्सानीमा र नेटवर्थ ३ हजार १२० रुपैयाँ रहेको छ ।