आगामी आर्थिक वर्षको लागि १८ खर्बको बजेट सिलिङ तोकियो
४ फाल्गुन २०८०, शुक्रबार १०:५५
काठमाडौं । ।आगामी आर्थिक वर्ष २०८१र८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ । यो जानकारी अर्थमन्त्री डा। प्रकाशशरण महतले दिएका हुन् ।राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री महतले जानकारी दिए ।
सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबिच निरन्तर छलफल भएको भन्दै यसमा विवाद नहुने उनको धारणा रहेको छ ।