सेयरधनीहरुको हात रित्तो बनाउँदै महिला लघुवित्त बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?

४ फाल्गुन २०८०, शुक्रबार १०:४२

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा फागुन २७ गतेका लागि बोलाएको छ । सभा हिमालय दृश्य रिसोर्ट धुलिखेलमा बिहान ११ बजेदेखि बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीका सेयरधनीहरुको हात भने यस वर्ष रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ । सभाले संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने भएको हुँदा फागनु १४ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*