एनएमबि बैंकको ३९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

४ फाल्गुन २०८०, शुक्रबार १०:३१

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयरधनी राजु शाक्यको नाममा रहेको ३९ हजार ६२५ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित मिति (फागुन ४ गते) ले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नआएको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*