अर्थ मन्त्रालयले भोलि पत्रकार सम्मेलन गर्दै, बजेट समीक्षाबारे पुन: स्पष्ट पारिने

३ फाल्गुन २०८०, बिहीबार २०:१६

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक बर्षका लागि जारी गरिएको बजेटको अर्ध बार्षिक समीक्षा र व्याख्याबारे पत्रकारहरुले नै नबुझेपछि पुनः दोहोर्याएर पत्रकार सम्मेलन गर्ने भएका छन् । चार दिन पहिले गरिएको पत्रकार सम्मेलनमा हतारमा भएकोले अर्थमन्त्री डा. महतले सबै व्याख्या गर्न पाएका थिएनन् । जसका कारण पत्रकारहरुले नकारात्मक केन्द्रीत समाचार प्रस्तुत गरेका थिए ।

अर्थमन्त्रालयले भोलि विहान १० बजे पुनः पत्रकार सम्मेलनको आयोजना गरिएको जनाएको छ । भोलिका पत्रकार सम्मेलनमा पत्रकारहरुसँग गम्भिर छलफल हुने अर्थमन्त्रीका सचिलायलयले जनाएको छ ।

गत माघ २९ गतेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतको पाँच बजे अर्को कार्यक्रम परेको भन्दै संक्षिप्तमा अन्त्य गर्नु परेको थियो । जसको परिणाम सञ्चार माध्यमहरुमा सकारात्मक सन्देश जान सकेन् । बजेट नै घटाएको भन्ने जस्तो अन्योलपूर्ण समाचार बाहिर गएको थियो । मन्त्री महतले बजेट घटाएको नभई आय व्ययको अनुमानित विश्लेषण मात्रै संशोधन गरेका थिए । साथै कुनै पनि नीतिगत व्यवस्था परिवर्तन गरेका थिएनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*