वाणिज्य बैंकको सेयर मूल्य कुनको कति ?
३ फाल्गुन २०८०, बिहीबार १६:४२
काठमाडौँ । पछिल्लो सयम वाणिज्य बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आइरहेको छ । बजारले समेत गति नलिदा वाणिज्य बैंकका लगानीकर्ताले अर्बौ रकम गुमाइ रहेका छन् ।
आज वाणिज्य बैंक सेयर ६.४४ अकंले घटेर १११४.२७ बिन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकहरु मध्य १५ कम्पनीको सेयर मूल्य ओरालो लागेको हो ।
बिहिबार कृषि विकास बैंकको १.५९ प्रतिशत, माछापुच्छे« बैंकको ०.५५ प्रतिशत, प्राइम कर्मिसियल बैंकको ०.२५ प्रतिशत र नेपाल बैंकको ०.१३ प्रतिशतले सेयर मूल्य बढेको हो ।