नेप्सेको वर्गीकरणः अधिकांश लघुवित्त कम्पनी क्लास ‘जेड’ मा

३ फाल्गुन २०८०, बिहीबार १६:०२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत २७१ कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको छ । नेप्सेले सार्वजनिक गरेको विवरण अनुसार छिमेक, फस्र्ट माइक्रोफाइनान्स, जीवन विकास, एनआईसी एशिया, साना किसान विकास र स्वावलम्बन लघुवित्त वित्तीय संस्था क्लास ‘ए’ मा परेका छन् ।

त्यसैगरी, ग्लोबल आइएमई र आरएसडीसी लघुवित्त क्लास ‘बी’ मा परेका छन् । यता जाल्पा सामुदायिक, नेष्डो समृद्ध, उपकार, सीवाईसी नेपाल, अभियान, धौलागिरी, सिर्जनशील, युनिक नेपाल, बीपीडब्लू र आत्मनिर्भर लघुवित्त क्लास ‘जी’ मा परेका छन् ।

त्यस्तै, आरम्भ चौतारी, आशा, डिप्रोक्स, फरवार्ड माइक्रोफाइनान्स, गणपति, ग्रामीण विकास, गुराँस, हिमालयन, इन्फिनिटी, जनउत्थान सामुदायिक, कालिका, किसान, लक्ष्मी, महिला, महुली, मनकामना स्मार्ट, मानुषी, मेरो माइक्रोफाइनान्स, मिर्मिरे, मिथिला, नाडेप, नेशनल, नेरुडे, निर्धन उत्थान, एनएमबी, सबैको, साधना, समाज, समता घरेलु, सामुदायिक, सपोर्ट, सुर्याेदय वोमी, स्वाभिमान, स्वरोजगार, उन्नती सहकार्य, विजय र विन नेपाल लघुवित्त वित्तीय संस्था क्लास ‘जेड’ मा परेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*