सामूहिक खेतीमा अब किसानले छुट्टाछुट्टै दुर्घटना बीमा गनुपर्ने, समय अवधि घट्यो

३ फाल्गुन २०८०, बिहीबार १५:१७

काठमाडौं । सामूहिक खेतीमा अब किसानहरुले छुट्टाछुट्टै दुर्घटना बीमा गनुपर्ने व्यवस्था थप गरीएको छ।

नेपाल बीमा प्राधिकरणले दुर्घटना बीमा सम्बन्धि ८ बुँदे निर्देशन जारी गर्दै सामूहिक खेती गर्ने किसानको दुर्घटना बीमा छुट्टै गनुपर्ने व्यवस्था गरेको हो ।प्राधिकरणको निर्देशनअनुसार अब सामूहिक खेती गर्ने किसानले खेतीको बीमा संयुक्त रुपमा गर्न पाए पनि स्वयंको दुर्घटना बीमा भने संयुक्त रुपमा गर्न पाउने छैनन् । प्रत्येक किसानले दुर्घटना बीमा छुट्टै गर्नुपर्नेछ ।

निर्देशनमा बीमालेखको अवधिभित्र वा बढीमा एक वर्षभित्र किसानले आत्महत्या बाहेक अन्य कुनै दुर्घटना भई मृत्युबरण गरेमा, स्थायी वा पूर्णरुपमा अशक्त भएमा, एक वा दुवै हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने भएमा, एक वा दुवै खुट्टाको गोलीगाँठोदेखि माथि पूरै खुट्टा काम नलाग्ने भएमा र दुवै आँखाको दृष्टि गुमेमा बीमाबापतको दाबी भुक्तानी पाउने उल्लेख गरेको छ ।

त्यस्तोबीमाको लागि कृषि, पशुपन्क्षी तथा जडीबुटी बीमालेख बमोजिम बीमा गर्ने कृषकले न्यूनतम २ लाख रुपैयाँ बराबरको बीमा गर्नुपर्नेछ । कृषकले २ सय रुपैयाँ बीमाशुल्क तिरेर यो बीमालेख खरिद गर्न सक्नेछन् ।

यस्तो बीमा अवधि थोरैमा एक वर्षको रहनेछ ।

प्राधिकरणले एकभन्दा बढी पटक कृषि, पशुपन्क्षी तथा जडीबुटी बीमालेख लिने कृषकलाई दुर्घटना बीमा लिन अनिवार्य गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*