लगानीकर्ताको मनोबल कमजोर हुँदा दोहोरो अकंले घट्यो बजार, परिसूचक समेत खुम्चिदैं

३ फाल्गुन २०८०, बिहीबार १५:०४

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन पुनः बजार ओरालो लागेको छ । हिजो समालिन खोजेको बजार आज दोहोरो अकंले घटेको हो ।

लगानीकर्ताको मनोबल कमजोर छ । ब्याजदर घट्ने क्रममा हुँदा समेत सेयर बजारमा सकारात्मक महाले बन्न सकेको छैन । मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाले लगानीकर्तालाई खुसी बनाउन सकेन । सो कारण बजारमा भारी गिरावट आइरहेको छ ।

५० लाख रुपैयाँभन्दा माथिका सेयर धितो कर्जामा जोखिमभार घट्ने तथा व्यक्तिगत तथा संस्थागत लगानीमा लगाइएको सीमा हट्ने आशा लगानीकर्तामा थियो । तर यसो नहुदाँ लगानीकर्ता रुष्ट बनेका छन् । अहिले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले कर्जा लिएर अधिकतम १५ करोडसम्म र संस्थागतले बढीमा २० करोड रुपैयाँसम्म मात्र लगानी गर्न पाउने सीमा निर्धारण गरिएको छ । साना लगानीकर्ताका लागि राहत भएपनि ठुला लगानीकर्ता मारमा परेका छन् । स–साना लगानीकर्ताले मार्केट उठाउन सकेको छैन ।

परिसूचक समेत खुम्चि रहेको छ । २१ सय नजिक घुमि रहेको बजार ओरालो लागि रहेको छ । कारोबार रकम समेत घटि रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६२ अकंले घटेर २०६०.८८ बिन्दुमा बन्द भएको छ । आज ३०५ कम्पनीको १ करोड ११ लाख ९८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ५ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।

बिहिबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.५७ प्रतिशत, विकास बैंक समूहको १.४० प्रतिशत, फाइनान्स समूहको २.७१ प्रतिशतले सेयर मूल्य घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*