गरिमा क्यापिटलले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै, बोर्डसँग माग्यो अनुमति

३ फाल्गुन २०८०, बिहीबार १३:३०

काठमाडौं । गरिमा क्यापिटलले गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’ निष्कासन हुने भएको छ ।

योजनाका इकाइहरु बिक्रीका लागि योजना व्यवस्थापन गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्ड अनुमति माग गरेको हो । १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई निष्कासन हुने छ । योजनाको आकार १ अर्ब रुपैयाँ बराबरको रहेको छ ।

गरिमा समृद्धि योजना एउटा बन्दमुखी योजना हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*