दुई कम्पनीको २९ करोडको आइपीओ आउँदै, बोर्डमा दिए आवेदन

३ फाल्गुन २०८०, बिहीबार १३:२५

काठमाडौँ । दुई कम्पनीले आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । हिम रिभ पावर लिमिटेडले र पियोर इनर्जी लिमिटेडले आइपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् ।

हिम रिभर पावरले १३ लाख ३० हजार कित्ता बराबरको १३ करोड ३० लाख रुपैयाँको आइपीओ निष्कासन गर्न निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, पियोर इनर्जीले १६ लाख कित्ता बराबरको १६ करोड रुपैयाँको आइपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*