१९ बाणिज्य बैंकलाई रवि लामिछानेको नाममा भएको विवरण बुझाउन सम्पत्ति शुद्धीकरण विभागको निर्देशन

३ फाल्गुन २०८०, बिहीबार १२:००

काठमाडौं । स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने अन्ततः सम्पत्ति शुद्धीकरण विभागको छानविनमा परेका छन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेपालका १९ वटै बैंकहरुलाई गोप्य पत्र पठाउँदै सांसद रवि लामिछानेको नाममा रहेको सम्पत्तिको विवरण पठाउन भनेको छ । सम्पत्ति शुद्धिकरण विभागले सांसद लामिछाने र पोखरास्थित सुर्यदर्शन सहकारी र काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी लगायतका सहकारी संस्थाहरुको कर्जा दुरुपयोगबारे चर्को गुनासो र उजुरी समेतका आधारमा सम्पत्ति शुद्धिकरण विभागले छानविन सुरु गरेको हो ।

सम्पत्ति शुद्धिकरण विभागले गत माघ ८ गतेको नै नेपालका सबै बैंकहरुलाई पत्र पठाएर विवरण माग गरेको हो । विभागले ग्यालेक्सी टिभीका अध्यक्ष जितेन्द्र बहादर (जिबी) राईसँगै स्वतन्त्र पार्टीका नेता लामिछानेको विषयमा पनि छानविन गर्नुपर्ने भएकोले ऋण लिएको ऋण समेतको जानकारी दिन भनिएको छ । बीमापोष्टको हात परेको सम्पत्ति शुद्धीकरणको पत्रमा छानविनका लागि बैंक सम्बन्धी विवरण दिएर सहयोग गर्न भनिएको छ ।

उता, सांसद लामिछानेले भने कुनै पनि प्रतिक्रिया जनाएका छैनन् । गत आम निर्वाचनमा परम्परागत शैलीमा काम नगर्ने र भ्रष्टाचार मात्रै गर्ने कांग्रेस, एमाले, माओवादी र राप्रपालाई चक्मा दिँदै २१ सिटसहित नयाँ पार्टीको रुपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले राष्ट्रियस्तरको पार्टी बनिसकेको छ ।

देशका गाउँ गाउँमा संगठन बनिसकेको स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका विरुद्धमा अनेक प्रकारका प्रहारहरु भइरहेका छन् । तर, पनि सभापति लामिछाने अविचलित रुपमा संघर्ष गरिरहेका छन् । गत आम निर्वाचनमा चितवनबाट सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएका लामिछानेले विदेशबाट नेपाल फर्केपछि पुनः प्राप्त गर्नुपर्ने नागरिकता कानुन बमोजिम पुनः प्राप्ति नगरी पुरानै प्रयोग गरेका कारण खारेज भई दोस्रो पटक चुनाव भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*