घलेम्दी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँट, कट आफ प्राइस कति ?

३ फाल्गुन २०८०, बिहीबार १०:४५

काठमाडौँ । घलेम्दी हाइड्रोपावरले लिलामीमा ल्याएको सेयर बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको थियो ।

उक्त सेयरमा न्यूनतम १५१ रुपैयाँ ३५ पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यसअघि कम्पनीले मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो ।

ललामी सेयर बाँडफाँटमा नपरेको रकम फागुन ६ गतेबाट फिर्ता दिन सुरु गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*